प्रिमियर लिगमा पनि ‘भीएआर’ प्रयोग हुने



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भीएआर’ प्रयोग हुने भएको छ । गएको संस्करणको विश्वकपमा प्रयोग भएको भीएआर प्रिमियर लिगमा पनि प्रयोग गर्न फिफाले भनेको थियो ।

अहिले पनि इटली र जर्मनीको लिगमा प्रयोग हुँदै आएको छ । यसैगरी एफए कप र कारबाओ कपमा पनि प्रयोग भइसकेको छ । प्रिमियर लिगमा अर्को बर्षदेखि भीएआरको प्रयोग गर्ने सैद्धान्तिक सहमति भएको छ भने अहिले पनि अनौपचारिक रुपमा परिक्षण भइरहेको छ । 

यसअघि अप्रिलमा प्रिमियर लिगमा भीएआर प्रयोग गर्ने विषयमा भोटिङ हुँदा इंग्लिस क्लबहरु विपक्षमा देखिएका थिए । गएको शनिबार साउथह्याम्पटनका फरवार्ड चार्ले अस्टिनले गरेको गोल अफसाईड दिए पछि भीएआरको विषयमा चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्