काठमाडौं : सहुलियत ब्याजमा ऋण दिएर विपन्न तथा बेरोजगार युवालाई स्वदेशमै उद्यमशील बनाउने सरकारको योजनामा सहकारीहरू बिचौलिया मुनाफाखोर बनेका छन् ।
स्वरोजगार कोषबाट ५ प्रतिशत ब्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।
ब्याजमा तीन गुणा नाफा मात्र हौयन, सेवा शुल्कबापत कुल रकमको तीन प्रतिशत पनि छट्टै काटेर बलिया भएका सहकारीले किसानलाई झन् निर्धो बनाएका छन् ।
धादिङका सहकारीले १३.५ प्रतिशतसम्म ब्याज लिएको खुलेको छ । साना किसान कृषि सहकारी संस्था चरौंदीले स्थानीय किसान सीता कँडेल र दिनेश बस्नेतसँग १३.५ प्रतिशत ब्याज असुलेको छ । यो समाचार आजको नयाँ पत्रिकामा छ ।