
काठमाडौं : घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १ सय ६३ विदेशी नागरकि देश निकालामा परेका छन् । चार महिनाको अवधिमा मात्र यति धेरै संख्यामा विदेशी नागरिक देश निकालामा परेका हुन् ।
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यपारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ । विभागले यस्तो धन्दा सञ्चालन गर्नेविरुद्ध ‘सर्च’ अभियान थालेपछि यो संख्या बढेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।