४ सय मुद्दामा आममाफी दिने तयारी



काठमाडौं : जघन्य अपराधको अभियोग लागेका ४ सय मुद्दामा आममाफीको निर्णय लिन सरकारसमक्ष प्रस्ताव लैजाने तयारी गरिएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीले त्यस्तो प्रस्ताव लैजान लागेको हो । 

विगतमा सरकारसँग वार्ता गरेका तर असन्तुष्ट रहेका र संविधानबाहिर रहेका द्वन्द्वरत पक्षसँग वार्ता गरी दिगो शान्ति स्थापनाको वातावरण तयार गर्न सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो । 

भदौ ८ गते पूर्वमन्त्री तथा नेकपाका नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा गठित वार्ता टोलीले १९ वटा समूहसँग प्रारम्भिक वार्ता गरेको थियो । यससँगै राजनीतिक आवरणका जुनसुकै जघन्य मुद्दामा पनि आममाफीको निर्णयमा पुगिदिन टोलीले सरकारलाई सुझाउँदै छ । 

यसका लागि टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछ । यसअघि बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा दुई घण्टा छलफल गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्