एजेन्सी : वायन रुनीको सुखद बिदाई गरिएको छ । रुनीको अन्तिम खेलमा इङल्याण्डले अमेरिकालाई पराजित गर्यो ।
सहज रुपमा अमेरिकालाई पराजित गर्ने क्रममा इंग्ल्यान्डले ३–० को सहज जित निकाल्यो । इंग्ल्यान्डका लागि २५ औ मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको २ मिनेटपछि एलेक्जेन्डर एर्नोल्डले गोल गर्दै अग्रता दोब्बर बनाए । ७७ औ मिनेटमा विलसनले गोल गर्दै इङ्ल्याण्डको जित सुनिश्चित गरे ।
लिङ्गार्डलाई रिप्लेस गर्दे दोस्रो हाफमा मैदान छिरेका रुनीले गोलका केहि राम्रा मौकाहरु बनाएपनि सदुपयोग गर्न सकेनन् । साथै उनले गोलका केहि सिमित मौका सिर्जना समेत गरेका थिए ।
इङल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले मैत्रिपुर्ण खेलमा युवा खेलाडीलाई मौका दिएका थिए । इङ्ल्याण्डले आगामी आईतबार युईएफए नेसन्स लिग अन्तर्गत क्रोएसिया विरुद्ध प्रतिष्पर्धा गर्दै छ ।
मैत्रिपुर्ण खेलमा जितसंगै रोनीले अन्तराष्ट्रिय फुटबल करियरबाट सुखद बिदाई लिएका छन् । उनले ईङल्याण्डका लागि १ सय २० क्याप जित्दै ५३ अन्ताष्ट्रिय गोल संभव बनाएका छन् ।