सिके राउत बिरुद्द आज सर्वोच्चमा सुनुवाइ



काठमाडौं : राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई बिहिबार सर्वोच्चमा उपस्थित गराइएको हो । 

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । 

अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदातलको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइको आज  शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्