कोभिडसँगैका सङ्कट



  • डा. केदार कार्की

काठमाडौं । हाम्रो देश विश्वका ती देशहरूमध्ये पर्छ, जसमा समुदायको बसोबास नजिक स्वच्छ खानेपानीको उपलब्धता सबैभन्दा कम छ । हाम्रो आफ्नो परिवेशमा वर्तमान खानेपानी सङ्कटको प्राकृतिक कारणहरूमा पछिल्ला केही वर्षमा अनियमित एवं न्यून वर्षा हुनु, खडेरी पर्नु एवं जलवायु परिवर्तनको नकारात्मक प्रभाव प्रमुख मानिएको छ । मानवीय गतिविधिहरूका कारण हुने प्राकृतिक स्रोतहरूको प्रदूषण साथै कृषि तथा औद्योगिक क्षेत्रहरूमा उत्पादन वृद्धिका लागि जलको अनियन्त्रित दोहनले जल सङ्कटमा कैयौँ गुणा वृद्धि गरिएको छ ।

कोभिड-१९ महामारीले हाम्रो अर्थ–सामाजिक अवस्थालाई धमिराले जस्तो गरी नोक्सानी पु¥याइरहेको अवस्था छ । यस्तोमा हामीले यो सोच्न आवश्यक छ कि– हामी सबैका लागि स्वच्छ सफा तरिकाले पानीको उपलब्धता कति महत्वपूर्ण होला ? यस विनाशकारी महामारीबाट बच्ने एउटा मात्र अचुक तरिका यो छ कि– हामी लगातार आफ्ना हातहरूलाई प्रत्येक पटक कम्तीमा २० सेकेन्डसम्म धोऔँ अर्थात् सफा पानी रोगहरूको रोकथामका लागि दुनियाँको सबैभन्दा महत्वपूर्ण उपाय हो एवं वैश्विक स्तरमा चिकित्साकर्मीहरू यही सचेतना सूचना प्रवाह गरिरहेका छन् ।

यस्तोमा कोरोना भाइरस जस्तो वैश्विक दुस्मनलाई हराउनमा पानीको उपलब्धता एउटा महत्वपूर्ण कदम हुनेछ । काठमाडौं उपत्यकामा भलै हामी मेलम्चीको पानी उपत्यकाको खानेपानी वितरण सञ्जालमा मिसाइएको आत्मरतिमा छौँ । यो पानी जनसमुदायको धारामा बग्नुभन्दा पुरानो खानेपानी वितरण प्रणालीका पाइप फुटेर शहरका टोलटोलका बाटामा चुहिएर बगेको दृश्य त हाम्रा सामु छँदै छ ।

हामीमध्ये अधिकांश यस कुराबाट निश्चिन्त हुन सक्छौँ कि हामी आफ्नो धाराबाट पानी लिन्छौँ एवं त्यो सफा र स्वच्छ हुन्छ । फेरि पनि केही मानिस यस्ता पनि छन् जसले यो सोच्न सक्छन् कि यदि आफ्नै धाराको पानी सफा नभए के भो त हामीले बोतलबन्द पानी छाने त भइगयो नि ! तर हामी दुई कुरा बिर्सन्छौँ । पहिलो– जुन पानी हामी खरिद गदर्छौँ त्यो पानी त सार्वजनिक स्रोतहरूबाट नै आउँछ । अर्थात त्यो भू–जल हुन्छ र खनिजहरूको मात्रा पनि त्यसमा बढी हुन्छ । अर्को कुरा हामी यो सोचेर बोतलबन्द पानी किन्छौँ कि यो सुरक्षित छ र पानीलाई ब्वाइलेटका रूपमा उत्र्सजित गर्छौँ अर्थात जतिधेरै पानी हामी उपयोग गर्छौँ त्यति नै फोहोर पानी हामी उत्पन्न गराउँछौँ ।

यदि यो ढललाई उपचार गरिएन भने यसले प्रदूषण एवं जल जमावको समस्या उत्पन्न गराउने छ, जुन सामान्यतया हाम्रा शहरी क्षेत्रका नदी प्रणालीमा देखिँदै आएको छ । बाग्मती सफाइ अभियान चलाउनुपर्ने कारण पनि यसैले गर्दा हो किनभने हामी आफैँले त्यसमा ढल मिसाएका थियौँ अर्थात् हामी एकपटक फेरि फोहोर पानीको युगमा फर्कन लागेका त छैनौँ ?
जल सङ्कट एउटा जनस्वास्थ्य सङ्कट पनि हो । कोभिड–१९ को उदाहरणलाई हेरौँ त– २० सेकेन्ड हात धोएर भाइरस मार्ने सल्लाह दिइँदै छ । यसको अर्थ हुन्छ– प्रत्येक पटक हात धुदा १.५ देखि २ लिटर पानी खर्च गर्नु । यसरी पटक–पटक धुनुको मतलब हामीलाई प्रतिदिन प्रतिव्यक्ति १५–२० लिटर पानी आवश्यक पर्नेछ । हाम्रासामु यो चुनौती छ कि विकासशील देशका ठुला जनसमुदायसमक्ष पानीको सहज आपूर्ति व्यवस्था छैन । अनि ती समुदाय यो प्रलयकारी भाइरसबाट कसरी मुक्त रहलान् ?

यस प्रलयकारी कोभिड–१९ महामारीले हामीलाई अर्ती दिइरहेको छ कि हामी यस शृङ्खलामा त्यति नै कमजोर छौँ, जति दुनियाँमा निरीह, निःसहाय, गरिब, सीमान्तकृत समुदाय हुन्छन् । त्यसैले यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि प्रत्येक नागरिकसँग सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस् ताकि कोही पनि यस प्रलयकारी कोभिड–१९ को सिकार नबनून् ।
पानी पनि यसैसँग सरोकार राख्छ कि जनसमुदायसँग सफा पानीको पहुँच छैन भने यस महामारी फैलिनबाट रोक्ने क्षमता कहाँबाट पाउने त ? हाम्रो आफ्नो परिवेशमा जत्रै महाभारत गरी मेलम्चीको पानी ल्याए पनि पानी जनसमुदायको धारामा बग्नुपर्नेमा बाटा–बाटामा पानी आपूर्ति गर्ने पाइप फुटेर बरु सडक जलमग्न भएको रोमाञ्चक तर तितो यथार्थ छ भने सरोकारवाला जिम्मेवार निकाय जस लिने आत्मरतिमा नै अल्झेको अवस्था छ ।

शुभ सङ्केत त यो छ कि– हामीलाई थाहा छ के गर्नुपर्छ । हामी सबैले जानेकै कुरा हो– पानीलाई पुनः उपयोग गर्न सकिन्छ । हामी यो सुनिश्चित गर्न सक्छौँ कि वर्षाको पानीको प्रत्येक थोपा सङ्कलन गरौँ, स्थानीय जडभण्डारण प्रणालीको निर्माण गरौँ । कम पानी चाहिने बालीनाली लगाऔँ र फोहोर पानीको प्रत्येक थोपालाई पुनर्चक्रित गरेर पुनप्र्रयोग गरौँ । वर्तमानको हाम्रो शहरी एवं ग्रामीण खानेपानी वितरण प्रणाली यति महँगो छ कि केही घरधुरीसम्म मात्र आपूर्ति गर्न सकिएको छ ।

धेरै टाढाबाट पानी ल्याउनका लागि जति लामो पाइप लाइन होला, आपूर्तिको लागत त्यति नै बढी लाग्ला अनि समय पनि । हाम्रो आफ्नो परिवेशमा मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको घर धारासम्म पुग्न झन्डै साढे २ दशक लागेको दृष्टान्त ताजै छ भन्न केको आइतबार कुर्ने ? हाम्रा शहरहरूमा अझै पनि ठूलो सङ्ख्यामा जनसमुदाय पाइपबाट खानेपानी आपूर्तिको सुविधाबाट वञ्चित छन् ।

खासगरी बाग्मती, विष्णुमती, मनहरा खोला किनारमा वैध–अवैध रूपले बसोबास गरेका सुकुमबासी बस्तीहरूमा । तिनीहरू या त ट्यांकरहरूबाट पानी लिन्छन् वा पिउनका लागि एवं अन्य घरेलु प्रयोजनका लागि वा अन्य फोहोर एवं अविश्वसनीय जलस्रोतहरूमा निर्भर हुन्छन्, जसबाट तिनीहरूको स्वास्थ्यमा नराम्रो असर पर्छ ।

खानेपानी आपूर्तिको लागत जति बढी हुनेछ पानीलाई ढलबाट फिर्ता ल्याई त्यसलाई उपचार गर्ने खर्च पनि त्यति नै बढ्नेछ । ज्यादा पानी आपूर्ति एवं ज्यादा ढल उपचार प्लान्ट स्थापना एवं सञ्चालनका लागि योजना बनाउनु हाम्रा लागि पर्याप्त नहुने रहेछ । मेलम्ची खानेपानी आयोजनाको तितो अनुभव हाम्रा अगाडि छँदै छ, अन्यबारे चर्चा नै किन गर्नुप¥यो ? हामीले हाम्रा खानेपानी आयोजना सञ्चालन गर्नेबारे रिडिजाइन गर्नुपर्ने अवाश्यकता देखिएको छ । जसले गर्दा हामी स्थानीय जल संशाधन प्रणालीहरूमा लगानी गरेर पाइपलाइनको लम्बाइमा कटौती गर्न सक्षम होऔँ ।

हामीले पानीको कम उपयोग गरेर मागलाई पुनर्संरचना गर्नुपर्नेछ, जसले गर्दा खेर जान कम होस् । हामीले हाम्रा ढल प्रणालीहरूलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । सबै कुराको चुरो यतिमात्र हो कि– स्वच्छ सफा पानी सबैलाई सस्तो एवं सुलभ हुनुपर्नेछ, होइन भने यो कसैका लागि पनि लामो समयसम्म उपलब्ध हुने छैन ।

प्रतिक्रिया दिनुहोस्