कांग्रेसको विधानमाथि देशव्यापी छलफल सुरु



काठमाडौ‌ं । नेपाली कांग्रेसले तयार पारेको विधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन सोमबारदेखि देशका विभिन्न ठाउँबाट छलफल सुरु भएको छ ।

 

सोमबार प्रदेश ३ का लागि केन्द्रीय पार्टी कार्यालय ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यतामा सुरु भएको छलफल कार्यक्रममा मस्यौदा समितिबाट दिलेन्द्रप्रसाद बडू, सीता गुरुङ र प्रेम केसी छन् ।

 

प्रदेश ३ का काठमाडौं, ललितपुर, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुरका विभिन्न पदाधिकारी पनि छलफलमा उपस्थित छन् ।

 

कार्यक्रममा जिल्ला सभापति, महासमिति सदस्य र क्षेत्रीय सभापति तथा महाअधिवेशन प्रतिनिधि ३४८, प्रतिनिधिसभा सदस्य ७, राष्ट्रियसभा सदस्य २, प्रदेशसभा सदस्य १९ गरी जम्मा ३ सय ७६ र भ्रातृ एवं शुभेच्छुक प्रमु्खहरुले भाग लिएका छन् । 

 

कार्यक्रम २ दिनसम्म चल्ने भएको छ । त्यस्तै सोमबारै प्रदेशका लागि इलाममा पनि छलफल सुरु भएको छ ।  इलाममा गोपालमान श्रेष्ठको प्रमुख आथित्यतामा मस्यौदा समितिका सदस्यहरु आनन्दप्रसाद ढुगांना, नवीन्द्रराज जोशी र मुक्तिप्रसाद आचार्यले छलफल चलाइरहेका छन् ।  

 

सोमबारदेखि सुरु हुने छलफल सबै प्रदेशमा असोज १२ सम्ममा सक्ने कांग्रेसको कार्यक्रम छ । संघीयताअनुरुप पार्टी संगठन मिलाउन कांग्रेसले विधान मस्यौदा तयार पारेको हो


याे पनि पढ्नुहाेस्

कांग्रेस विधानको प्रारम्भिक मस्यौदा तयार

प्रतिक्रिया दिनुहोस्