काठमाडौं : र्याफ्टिङ गर्ने क्रममा डुंगा दुर्घटना हुँदा कर्णाली नदीमा डुबेर मृत्यु भएका अस्ट्रेलियन नागरिकको शव काठमाडौं ल्याइएको छ ।
मुगुदेखि सुर्खेततफ र्याफ्टिङ गरेर आउँदै गर्दा बिहीबार कालिकोटको शान्ित त्रिवेणी गाउँपालिका २ आम्तडा नजिकै दुर्घटनामा हुँदा एड्रिन काइयनानको मृत्यु भएको थियो ।
सिम्रिक एयरको हेलिकोप्टरमार्फत शव काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी विनोद शर्माले जानकारी दिए ।
कालिकोटमा पोस्टमार्टम गर्न नमानेपछि ३१ बर्से एड्रिनको शव टिचिङ हस्पिटल महाराजगन्ज पठाइएको डीएसपी शर्माले बताए । एड्रिनले चलाएको बोर्ट ढुंगामा बजारिएको थियो ।