अामादब्लम हिमाल अाराेहणका क्रममा अस्ट्रेलियन नागरिककाे मृत्यु



विराटनगर : आमादब्लम हिमाल आरोहणका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ। 

 

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ स्थित आमादब्लम हिमालको २ नम्बर क्याम्पमा अस्ट्रेलियन नागरिक ३३ वर्षीय मिचेल जेओफ्रीलाई ढुंगाले लागेकाे थियाे । 

 

क्याम्पभन्दा माथिबाट खसेको ढुंगा लागेर उनी ५० मिटर तल खसेका थिए। मिचेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ। 

 

जिल्ला प्रहरी कार्यालय सोलु र इलाका प्रहरी कार्यालय लुक्लाको संयुक्त प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी हेलिकोप्टरमार्फट शव पोस्टमार्टमाक लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको छ।

प्रतिक्रिया दिनुहोस्