१० औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो



काठमाडौं । ‘मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान’ भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ।

आइतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो। दिवसको अवसरमा काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसमेत गरिएको छ।

उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि दिवस मनाउनुपरेको बताएका छन्। कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताए।

“विश्वमा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरेका हौँ”, उनले भने, “पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्छ।”

त्यस्तै, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका महासचिव श्याम बजगाईंले नेपालको मौलिकतालाई बचाइराख्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्