धनुषामा सङ्गीतमय गीता ज्ञान महायज्ञ सुरु



काठमाडौँ । विश्व कल्याणको उद्देश्यका साथ धनुषाको लक्ष्मीनियाँ बजारमा सङ्गीतमय गीता ज्ञान महायज्ञ सुरू भएको छ। धनुषाको कुम्हरौडा पोखरीबाट जल भरेर सयौँको सङ्ख्यामा श्रद्धालुले कलशयात्रासमेत गरेका छन्।

महायज्ञका सहयोगी राम्फल यादवका अनुसार यज्ञलाई गीत सङ्गीतसहित भक्तिमय बनाउनका लागि भारतको उत्तर प्रदेशस्थित ऐतिहासिक पवित्र नगरी बनारसबाट साधुसन्तलाई आमन्त्रण गरिएको छ। स्थानीयले चन्दा सङ्कलन गरी महायज्ञको आयोजना गरेका हुन्। महायज्ञमा छ लाख खर्च हुने अनुमान गरिएको छ।

सात दिनसम्म चल्ने श्रीमद भगवद् गीता महापुराण कथा मुख्य आकर्षणको रुपमा रहनेछ। बिहान र बेलुका भजन किर्तन गरी सो महायज्ञ गरिने स्थानीय विनोद ठाकुरले बताए।

प्रतिक्रिया दिनुहोस्