प्रदेश स्वास्थ्य पत्रकार समूह गठन



कैलाली : सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य पत्रकार तदर्थ समूह गठन गरिएको छ । प्रदेशमा रहेका स्वास्थ्यका समस्या उजागर गरी सबैमा स्वास्थ्यको पहुँच पु¥याउन सरकारलाई सहयोग गर्ने उद्देश्यले समूह गठन गरिएको हो । 

समूहको संयोजकमा शेर बहादुर ऐर, सदस्यमा सुनिल आउजी, दिनेश विष्ट, देवानन्द चौधरी, राम बहादुर चौधरी, लोकेन्द्र रावल, कमल साउद, सबिता बुढा, धमेन्द्र विष्ट, निर्मला खडायत, सुरज साउद, नरेन्द्र चौधरी र तेज बोहरा सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव गोगन बहादुर हमालले स्वास्थ्य क्षेत्रका समस्या समाधानमा पत्रकारहरुको महत्त्वपूर्ण योगदान रहेको बताए । 

स्वास्थ्य निर्देशक गुणराज अवस्थीले स्वास्थ्य क्षेत्रका समस्या र समाधानका उपायका बारेमा सो समूहले कलम चलाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्का, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टंक प्रसाद चापागाईँलगायत अगुवा पत्रकारहरुको उपस्थिति थियो ।

 

तदर्थ समितिले ६ महिनामा पूर्णता पाउने र प्रदेशका अन्य जिल्लामा समेत स्वास्थ्य पत्रकार समूह गठन प्रक्रियालाई अगाडि बढाइने संयोजक शेर बहादुर ऐरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्