प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन्। कुल ९३ मध्ये उनी गत पुस २४ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि तय भएको छ। उक्त बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ। मुख्यमन्त्रीमा नियुक्ति भएसँगै कार्कीले सानो आकारको मन्त्रीमण्डलसमेत विस्तार गरिसकेका छन्।

विश्वासको मत लिएपछि कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गरेका छन्। माओवादी सरकारमा नजाने भनेपछि कार्कीले शपथको दिन माओवादीबिनाको सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्