सुदूरपश्चिममा सभामुखको निर्वाचन ६ बजे हुने



कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आज साँझ ६ बजे हुने छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

त्यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्