सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित



काठमाडौं । सभामुखको निर्वाचनका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सरकारले शनिबार राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक पनि स्थगित गर्ने सर्वदलीय बैठकले निर्णय गरेको बैठकमा सहभागी एक सांसदले बताए।

दुई चरणमा भएको मतविभाजनमा सभामुखका कसैले पनि बहुमत नल्याएपछि सोमबार बिहान ९ बजे प्रदेश सभा बैठक तोकिएको थियो। आज बस्ने भनिएको प्रदेश सभा बैठक भोलि बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए।

भोलि १० बजे बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ। प्रदेश सभाको सभामुखका लागि कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्