दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



दाङ । दाङमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। घोराहीको-सर्रा-सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका-१६ निवासी २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिएका छन्।

घाइते भएको अवस्थामा उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। तर, उनिरहरुको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ। शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्