देउवासँग उपेन्द्रले मागे विश्वासको मत



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई आग्रह गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आज बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर विश्वासको मत मागेका हुन्।

सभापति देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएको यादवले बताएका छन्। जसपाका सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री छन्। उनी सत्ता साझेदार दलका तर्फबाट मुख्यमन्त्री बनेका हुन्।

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ । जसपाले काँग्रेसको पनि साथ खोजेको हो । माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा जसपा गएको छैन । भागबण्डामा कुरा नमिलेपछि जसपा नेपाल सरकारमा सहभागी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्