त्रिवेणीधामबाट भारत फर्कदै गरेको तीर्थालु सवार बस दुर्घटना



काठमाडौँ । त्रिवेणीधाम मेला भरेर भारत फर्कदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको छ । पश्चिम नवलपरासीमा बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा बस दुर्गटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरीले जनाएको छ ।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्