काठमाडौं : विद्यार्थीले कक्षा १२ मा पाएको अंक छुट्याउन नसक्दा सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थी चयनमा समस्या उत्पन्न भएको छ।
कक्षा १२ मा लेटर ग्रेडिङ लागू भएपछि उत्तीर्ण र लागू हुनुअघिको पूर्णांकअनुसारको परीक्षा उत्तीर्ण भएका दुई थरी विद्यार्थी एमबीबीएसको प्रवेश परीक्षामा सहभागी भएपछि यस्तो समस्या आएको हो। विद्यार्थी छनोटमै समस्या भएपछि उनीहरूको भर्ना प्रक्रिया तथा पढाइसमेत प्रभावित भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि पहिलो पटक कक्षा १२ को परीक्षा लेटर ग्रेडिङ प्रणालीमा प्रकाशन गरेको थियो। दुवैथरी विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएर समान अंक ल्याएपछि उनीहरूमध्ये कक्षा १२ मा कसको अंक बढी हो, पहिल्याउन मन्त्रालयलाई कठिन भएको छ।
त्रिभुवन र काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजमा छात्रवृत्तिमा एमबीबीएस पढ्न चाहने विद्यार्थी शिक्षा मन्त्रालयले छनोट गरेर सम्बन्धित कलेजलाई सिफारिस गर्छ।
मन्त्रालयले गत असोज ७ र ८ मा प्रवेश परीक्षा लिएको थियो। सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजमध्ये स्वदेशीले कुल भर्ना हुने विद्यार्थी संख्याको १० प्रतिशत र विदेशी मेडिकल कलेजले २० प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढाउनुपर्ने नियम छ। ‘उदाहरणका लागि प्रवेश परीक्षामा दुवै विद्यार्थीले ८३ नम्बर ल्याए। तर कक्षा १२ मा एउटाको प्राप्तांक ४ सय छ भने अर्कोको जीपीएमा छ।
अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ