अचानक राष्ट्रपति भण्डारी पुगिन् बिजुक्छे निवास



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार अचानक नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छे निवास पुगेकी छन्।

चाँगुनारायण मन्दिरको दर्शन गरेर फर्किने क्रममा तौमढीस्थित बिजुक्छे निवासमा राष्ट्रपति पुगेर करिब ४० मिनेट कुराकानी गरिन्।

बिजुक्छे र राष्ट्रपतिबीच बेला बेला भेटघाट हुने गरेपनि लामो समयपछि घरमै पुगेर भेट भएको हो। भेटमा बिजुक्छेलाई पत्नी वियोगप्रति समवेदना दिनुका साथै समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

बिजुक्छे पत्नीको निधनको बेला राष्ट्रपतिको तर्फबाट प्रेस सल्लाहकार टीका ढकाललाई पठाइएको थियो।राष्ट्रपतिले बिजुक्छेलाई माइतीका रूपमा सम्मान गर्ने जानकारहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्