श्रम कार्यालय ताहाचलबाट ३ जना दलाल पक्राउ



काठमाडौं : श्रम कार्यालय ताहाचालबाट शुक्रबार तीन जना बिचौलिया पक्राउ परेका छन्।

 

कार्यालय परिसरमा बिचौलियाको भूमिका निर्वाह गर्ने बाफलका ऋषि मोक्तान, मोरङ घर भइ हाल बाफल बस्ने रोशन शिवाकोटी र झापाका हिर्टाबहादुर धिमाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए।

 

बिचौलियाका कारण समस्या बढेको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रहरीलाई गुहारेको थियो। 

 

बोगटीका अनुसार श्रम कार्यालय परिसरमा बसी सर्वसाधारणलाई हैरानी गर्ने, छिटो काम भित्रभित्रै मिलाइदिन्छु भन्दै पैसा असुल्ने, बाटोमा हिँड्ने सर्वसाधारणलाई पनि दुःख दिने गरेकाले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्