कोइरी पक्राउ नपर्नुमा गृहमन्त्री दोषी रहेको एमाले सचिव महासेठको आरोप



काठमाडौँ । एमालेका सचिव रघुवीर महासेठले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लक्ष्मी महतो कोइरी पक्राउ नपर्नुमा गृहमन्त्री नै मुख्य दोषी रहेको आरोप लगाएका छन्। उनले आफ्नै पार्टीको सांसदलाई प्रहरी प्रशासनले पक्राउ गर्न नसक्नु गृहमन्त्री दोषी भएको बताए ।

कोइरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिँदा संसद भवनमा उपस्थित भएका थिए। ‘सांसद संसद भवन छिर्दा पनि प्रहरी बाहिरिँदा पनि प्रहरी हुन्छ। तर पनि उनी पक्राउ नपर्नुमा गृह प्रशासनको मिलोमतो हो’, उनको भनाइ छ।

महासेठले अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन भन्दै प्रश्न गरे। यो मामिलामा गृह प्रशासन नै दोषी भएको उनले दाबी गरे । सांसद महतोलाई पार्टीले वा पार्टीका नेताहरुले संरक्षण गरेको आरोपमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

महासेठले न्यायिक इजलासबाटै दोषी ठहर भएको व्यक्तिलाई गृहमन्त्रीले पनि निर्देशन दिनु नपर्ने धारणा राख्दै यसमा गृह प्रशासनकै कार्यशैली शंकास्पद भएको बताए। मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका जवान प्रेम बहादुर विकको हत्या प्रकरणमा यादवलाई उच्च अदालतले दोषी ठहर गरेको थियो। हत्या आरोपकाबीच उनी एमालेको तर्फबाट महोत्तरी १ बाट संघीय सांसदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्