दामोदर भण्डारी र अब्दुल खानको मन्त्रालय हेरफेर गरिने



काठमाडौँ। उद्योग वा कृषिमन्त्रालयमा अडान लिँदै आएका जनमत पार्टीले २ मध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएसँगै मन्त्रालय हेरफेर गर्ने तयारी गरिएको छ । उद्योग मन्त्रालय नेकपा एमालेको भागमा परेपछि मन्त्री बनेका दामोदर भण्डारीलाई जनमत पार्टी पाएको खानेपानी मन्त्रालयमा पठाउने र जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले भने शपथ लिएका छैनन् भने पदभार पनि ग्रहण गरेका छैनन्।

सातदलीय गठबन्धनको शीर्ष नेतृत्वमा भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले बतायो। सम्भवतः आज साँझ नभएपनि सोमबार बिहानसम्म मन्त्रालय साटफेर हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्