रामेछापको विकासबारे राउन्ड टेबल छलफल गर्न सदस्य सचीव घिसिङको आग्रह



रामेछाप । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचीव टंकलाल घिसिङले रामेछापको विकासको विषयमा छलफल गर्ने राउन्ड टेबल छलफल आयोजना गर्ने रामेछाप-काठमाडौ पत्रकार समाजलाइ आग्रह गरेका छन् । समाजले आज काठमाडौं आयोजना गरेको २ दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा घिसिङले भने,रामेछाप-काठमाडौ-काठमाडौ पत्रकार समाजसँगको मेरो सामुहिक छलफल दोस्रो पटक भयो । यो अवसरमा मेरो आग्रह छ । रामेछाप विकासको लागि समाजले राउन्ड टेबल छलफल आयोजना गरोस् । उनले यस्तो छलफल कुनै व्यक्ती विषेशको अध्यक्ष वा प्रमुख आतिथ्यमा भन्दा सबैलाई सहभागीको रुपमा राखेर गर्न आग्रह गरेका छन् ।

उनले भने, भने त्यहाँ कोहि पनि अध्यक्ष, प्रमुख अतिथि वा अतिथी हुँदैन । सबै सहभागीको रुपमा रहन्छ । चाहे मन्त्री, सदस्य सचीव, सांसद वा अन्य कुनै पनि उच्च पदको जो भएपनि सहभागीको रुपमा रहन्छ ।   त्यस्तो छलफलले जिल्ला बाहिर रहेको बौद्धिक वर्गलाई जिलाको विकासमा लाग्न प्रेरणा मिल्ने र जिल्ला प्रतिको उत्तर दायित्व बड्ने पनि उनको भनाइ छ ।

खेलकुद क्षेत्रमा राज्यको एक रुपता नहुँदा अहिले खेल क्षेत्र चाहेको जति विकास हुन नसकेको उनले बताए । नयाँ सरकार आएसँगै राखेपमा पनि नयाँ नेतृत्व आउने र प्रत्येक नयाँ नेतृत्वको नयाँ खालको नीति भएको कारण अहिले नेपालमा खेल क्षेत्रमा हुन पर्ने र चाहेको जति विकास हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्