नेकपा नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमाेहन अधिकारीलाई अाज नागरिक अभिनन्दन गरिँदै



विराटनगर : पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आज भव्य नागरिक अभिनन्दन गरिने भएको छ ।

 

विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ वर्षीय नेकपाका नेता अधिकारीको आज ११ बजे विराटनगरको बीरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो ।

 

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई नागरिक अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले बताए ।

 

अभिनन्दन कार्यक्रम संचालनका लागि एलिड क्लवका अध्यक्ष समेत रहेका डा. धमलाको संयोजकत्वमा ३ सय १ सदस्य मुल समारोह समिति गठन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्