डिजी पे प्रा.लि र नेपालटपबीच नौलो र बिशेष सहकार्यको सम्झौता



काठमाडौं । डिजी पे प्रा.लि र द नेपालटपबीच नौलो र बिशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बबर महल स्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपालटपसँग सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्द हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले द नेपालटपको सौजन्य झन्डै  ५०,००० पर्ने ६० सी सी रंगिन बिज्ञापन मात्र १५,००० मा, १,५०० पर्ने बार्षिक ग्राहक मात्र रु १,००० मा र वर्गीकृत तथा अन्य बिज्ञापनमा ७०% सम्म छुट पाउन सक्नेछन्।

द नेपालटपका बजार व्यवस्थापक रितेश पोखरेलका अनुसार, बिज्ञापन कुनै पनि व्यवसायीको लागि आफ्नो बजार बिस्तार गर्ने एक महत्वपूर्ण अंग हो। अझै राष्ट्रिय दैनिक पत्रिकामा आफ्नो बिज्ञापन गर्नु धेरै राम्रो तर महँगो मानिन्छ। यस सहकार्य अनुसार डिजी पे संग आबद्ध सम्पूर्ण व्यवसायीको लागि मात्र योजना लागु गरिएको बताए ।

व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो बिज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियान मार्फत आफ्नो बिज्ञापन झन् धेरै जनमानस सम्म पुग्न सक्नेछ । यस्तो नौलो र बिसेष सहकार्यमा आबद्द हुन पाउनुमा खुशी व्यक्त गरेका छन् । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले द नेपालटप जस्तो एक प्रतिष्ठित नेपाली राष्ट्रिय दैनिक संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी, घरदैलो र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत संचार क्षेत्र बाट राष्ट्रिय दैनिकलाई पनि आबद्ध गर्नु ठुलो उपलब्धि हो । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए ।

सम्झौतापत्रमा द नेपालटपका बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा द नेपालटप, नेपाली राष्ट्रिय दैनिक र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्