वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती गरिने



हेटौँडा । वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १४ बाट घटाएर ११ मन्त्रालय कायम गर्ने तय भएको बताए । प्रदेश मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनाइएको मन्त्रालय निर्धारण समितिले आज दिउँसो १ बजे प्रतिवेदन पेश गर्दैछ । अध्ययनका लागि १६ दिनको म्याण्डेट पाएको उक्त समितिले १० देखि ११ मन्त्रालय राख्न सुझावसहितको प्रतिवेदन बनाएको छ ।

अहिलेको १४ मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै आफुहरूले कुन-मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिएको निरौलाले जानकारी दिए ।

स्रोतका अनुसार उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सस्ंकृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्यमा गाभ्न सुझाएको बताइएको छ ।

डोरमणी पौडेल नेतृत्वमा ७ रहेको मन्त्रालयलाई अष्टलक्ष्मीको पालामा १ थपेर ८ बनाइएको थियो । राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको संख्या १४ पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्