धनगढी : धनगढीमा शुक्रबार राति एक युवककाे हत्या भएकाे छ । प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलस होटल अगाडी वडा नम्वर ४ का ३३ वर्षीय बिजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी ४ शिवपुरी धाम बस्ने थापाको राति करिब १० बजेतिर हत्या भएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए। हत्या गरेको आरोपमा सोही ठाउँका आशिष सेटी र दीपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले राति नै रक्ताम्य युवकलाई घिसारिरहेकाे अवस्थामा पक्राउ गरेकाे थियाे ।
हत्याकाे कारण प्रहरीले खुलाएकाे छैन । थापालार्इ धारिलाे हतियार प्रहार गरेर हत्या गरेकाे हुनसक्ने प्रहरीले जनाएकाे छ । शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ।