स्याङ्जामा पाइलट कुटेको आरोप ६ जना पक्राउ



काठमाडौँ। माघ ५ गते खेल चलिरहेको अवस्थामा खेलमैदानमा हेलिकप्टर अवतरण गरेको निहुमा पाइलटमाथि हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टर खेल चलिरहेको अवस्थामा खेलमैदानमा अवतरण भएको थियो ।

पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब.राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दामा २ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण गरेपछि पाइलट र यात्रुमाथि हातपात भएको थियो ।

वालिङ नगरपालिका-९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएपछि पाइलट रानेश डंगोलले अवतरण गरेका थिए ।

उक्त समयमा वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्