कलंकीमा ट्रक पल्लियाे, चालक हामफालेर बाँच्न सफल



काठमाडौं : कलंकीको खसी बजारमा सामानसहितको ट्रक शनिबार बिहान पल्टिएको छ ।

नारायणघाटबाट काठमाडौँतर्फ आइरहेको ट्रक सडक कलंकीको खसी बजार छेउमा पल्टिएको हो । ना६ख ४०९६ नम्बरको उक्त ट्रकको ब्रेक फेल भएको थियो । ट्रकले निर्माणाधीन नाला भत्काएको छ ।  

 

ट्रकका चाकल सोम घले भने हामफालेर बाँच्न सफल भएका छन् । उनका अनुसार ब्रेक फेल भएपछि आफूले नियन्त्रण गुमाउन पुग्दा ट्रक सडकको छेउमा पल्टिएको हो । 

प्रतिक्रिया दिनुहोस्