संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन



काठमाडौं । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो। अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए।

मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि इलामका ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए। व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन्।

आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका उनको ८० प्रतिशत शरीर जलेको थियो।

प्रतिक्रिया दिनुहोस्