पर्सा प्रहरीद्वारा २ करोड १२ लाखभन्दा बढीको सामानसहित ट्रक र पिकअप नियन्त्रणमा



वीरगञ्ज। वीरगञ्जबाट प्रहरीले २ करोड १२ लाखभन्दा बढी मूल्यको भन्सार छलीका सामाग्रीसहितको ट्रक र पिकअप नियन्त्रणमा लिएको छ । लविजकभन्दा बढी खुद्रा तथा विभिन्न लत्ताकपडासहितका सामान बाकेको ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ गइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ट्रक र पिकअप नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ चण्डालचोकस्थित सडकखण्डबाट प्रहरीले बिआर ०५ जी ९४९१ नम्बरको पिकअप र ना.५ ख ३८४७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार वीरगञ्जको आदर्शनगरस्थित सडकखण्डबाट पनि बा.प्र. ०३-००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

के इन्टरप्राइजेज ट्रान्सपोर्ट र बिएस इन्टरनेशनल ट्रान्सपोर्टबाट पठाइएका सामाग्रीको विलबिजक शंकास्पद देखिएको हुँदा नियन्त्रणमा लिइएको प्रवक्ता बुढाथोकीले बताए । उनका अनुसार नियन्त्रीत सामाग्रीलाई २ करोड १२ लाख ९२ हजार ४ सय ५२ रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैइा बारामा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्