पार्किङ रोक्नु पर्ने कारण पेश गर्न उच्च अदालतको वीरगञ्ज महानगरलाई आदेश



वीरगञ्ज। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले वीरगञ्ज महानगरपालिकालाई कारण देखाउ आदेश जारी गरेको छ।

वीरगञ्जको माइस्थानस्थित गहवा माई मन्दिर क्षेत्रमा सवारी प्रवेश तथा पार्किङ रोक लगाएपछि महानगरको विरुद्धमा रिट दायर गरेका रेवती प्रसाद साहको मुद्दामा इजलासले कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

सो क्षेत्रमा बाटो बन्द गर्ने र सवारी प्रवेश रोक लगाउनुको कारण १५ दिन भित्र लिखित पेश गर्न न्याधिश सुदर्शनदेव भट्टको इजलासले वीरगञ्ज महानगरपालिकाको नाममा आदेश जारी गरेको हो।

निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा दुबै पक्षलाई राखी हुने छलफलबाट निष्कर्षमा पुग्न उपयुक्त हुने देखिदा सो प्रयोजनको लागि माघ १७ गते मंगलबार पेशी तोक्न आदेश दिएको छ।

रिट निवेदकको तर्फबाट अधिवक्ताद्वय सुधिर कुमार कर्ण र शैलेन्द्र कुमार चौरसियाले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्