गारेथ बेलकाे वेल्स डेनमार्कसँग पराजित



एजेन्सी : ग्यारेथ बेलसम्मिलित वेल्सले युइएफए नेसन्स लिग फुटबलमा डेनमार्कसँग हार बेहोरेको छ । वेल्स डेनमार्कसँग २–१ ले पराजित भएको हो ।

 

वेल्सको घरेलु मैदान कार्डिफमा शुक्रबार राति भएको खेलमा ग्यारेथ वेलले गोल गरेपनि टिमलाई जिताउन सकेन । ४२औं निकोलाई जर्गेन्सेनले गोलको पाहुना टोली डेनमार्कले खेलमा अग्रता बनाएको थियो ।

 

पहिलो हाफसम्म १–० को अग्रता बनाएको डेनमार्कले ८८औं मिनेटमा मार्टिन व्रेथवेटको गोलबाट अग्रता दोब्बर पारेको थियो । त्यसको १ मिनेटपछि नै ग्यारेथ बेलले गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेन ।

 

जितपछि नेसन्स लिग ‘बी’ को समूह ४ मा रहेको डेनमार्कको ३ खेलबाट ७ अंक पुगेको छ । पराजित वेल्स ६ अंक जोडेर दोस्रो तथा १ अंक जोडेको आयरल्यान्ड पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्