काठमाडौंमा भारतीय दूतावासले मनायो गणतन्त्र दिवस



काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो देशको ७४औँ गणतन्त्र दिवस मनाएको छ। आज दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा ७४औँ गणतन्त्र दिवस मनाएको हो । सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै केही व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ।

साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरूको सम्मानमा उनीहरूको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो। त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।

दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरूलाई उपहारस्वरुप पुस्तकसमेत प्रदान गरेको छ। भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ।

प्रतिक्रिया दिनुहोस्