आत्मादाह गर्नु अघि प्रेम आचार्यले नाम लिएकाविरुद्ध दुरुत्साहन मुद्दा दायर हुँदै



काठमाडौँ । मंगलबार काठमाडौँको बानेश्वरमा आफ्नै शरिरमा प्रज्वलनशिल पदार्थ खन्याएर आत्मादाह गरेको इलामका प्रेमप्रसाद आचार्यले आत्मादाहा गर्नु अघि नाम लिएका व्यक्तिहरु विरुद्ध आत्माहत्या दुरुत्साहन मुद्दा दर्ता हुने भएका छन् । अधिवक्ता स्वागत नेपालका अनुसार अहिले निवेदन दिन तिनकुने प्रहरी कार्यालयमा उनीहरु पुगिसेका छन् ।

उनले आफ्नो शरिरमा आगो लगाउनु अघि समाजिक सञ्जाल फेसबुकमा ६ हजार शब्दभन्दा बढी शब्दमा आफूले गरेको काम र काममा दुःख दिएका मानिसहरु र आफूले व्यवसाय गर्दा सामान खरिदको पैसा नदिएकाहरुको नाम लेखेर सार्वजनिक गरेका थिए । उनको उपचारको क्रममा र्कितिपुरको वर्न अस्पतालमा मृत्यु भएको छ ।

उनले व्यवसायिक रुपमा आफूलाई पैसा नदिनेहरुको सविस्तार नाम उलेख गरेका छन् । त्यस्तै उनले राजनीतिक व्यक्तिहरुको पनि नाम उल्लेख गरेका छन् । राजनीतिक व्यक्तिहरुमा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, विवेकशिल पार्टीका मिलन पाण्डे लगायतका नाम उललेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्