बागमतीको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त



हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ का नेपाललाई आज नियुक्त गरेका हुन् ।

यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिना अघि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्