तत्काल सुकुम्बासी बस्ती हटाउँदा धेरै मानवीय क्षति हुने सुरक्षा निकायका प्रमुखको सुझाव



काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने विषयमा सुरक्षा निकायका प्रमुखहरूले तत्काल काम गर्न नहुने सुझाव दिएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुकुम्बासी बस्ती हटाउने विषयमा आज मन्त्रालयमा गरेको छलफलमा उनीहरुले यस्तो सुझाव दिएको हो ।

सुरक्षा प्रमुखहरुले सरोकार वाला निकायहरुको व्यवस्थापनको बिकल्प दिएपछि मात्र थापाथलीको सुकुम्बासी बस्ती हटाउन सुझाव दिएका छन् । प्रहरी प्रमुखहरुले अहिलेकै अवस्थामा बस्ती हटाउँदा ‘मास क्याजल्टी’ हुने ब्रिफिङ गरेका छन् । मानवीय क्षति धेरै हुने प्रहरी प्रमुखहरुको ब्रिफिङपछि गृहमन्त्रीले यसबारे पुनः छलफल गर्ने बताएको छ ।

गृह मन्त्रालयमा बिहीबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित काठमाडौँ महानगरपालिकाका मेयर बोलन्द्र शाह (बालेन) र एकिकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्