रहेनन् दोहोरी गायक भीम पौडेल



काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोक गायनमा क्रियाशील थिए। पछिल्लो समय लाइभ दोहोरीमा चर्चित भएका भीम केही समयदेखि अस्वस्थ थिए। स्याङजास्थित आफ्नै निवासमा पौडेलको निधन भएको हो।

उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी परेको उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन्।

लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय भीमले दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका थिए। दोहोरी गायक पौडेलको आजै पोखराको राम घाटमा अन्तिम संस्कार गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्