रविबारे सिके राउत लेख्छन्, ‘कमब्याक हिरो’



काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेको प्रशंसा गरेका छन् ।

सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसद पद नै बदर गर्ने फैसला गरेपछि राउतले रविको प्रशंसा गर्दै लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’

उनले ‘कमब्याक हिरो’ भनेर ह्यासट्याग समेत प्रयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्