सबै सरकारी वेबसाइट डाउन



काठमाडौँ। सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका छन्। सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको हो। सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताए। उनका अनुसार यो समस्या आधा घण्टाभित्र समाधान गर्ने गरी काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्