आज फेरि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६ हजार पुग्यो



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार सामान्य बढेर १ लाख ६ हजार रुपैयाँ पुगेको हो।

यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० छ भने चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ। यसअघि शुक्रबार चाँदी तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्