साताको पहिलो दिन शेयर बजार साढे १४ अङ्कले घट्यो



काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ६८ अङ्कले घटेर २ हजार १ सय ६८ दशमलव ५४ विन्दुमा झरेको हो ।

आज होटल र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको छ । बजार घटेको दिन २ सय ६७ वटा कम्पनीका ८२ लाख ७६ हजार कित्ता शेयर ३ अर्ब १ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको १० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको ९ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज समृद्धि फाइनान्स, एचआईडीसीएल र सिभिल लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बाराही हाइड्रो, लुम्बिनी जनरल इन्सुरेन्स, आदर्श लघुवित्त, सूर्या ज्योति लाइफ इन्सुरेन्स र इन्ट्रन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्