प्रहरीको गोली लागेर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु



काठमाडौं । प्रहरीका सबइन्स्पेक्टरको गोली प्रहारबाट गम्भीर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ। सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए।

चार राउण्ड गोली लागेका दासको उपचारका क्रममा मृत्यु भएको छ। गोली प्रहार गर्ने प्रहरीलाई पक्राउ गरिएको छ। घटना अनुसन्धानकै क्रममा रहेकाले गोली प्रहार गर्नुको कारण भने खुलेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्