धनुषामा हिरासत फोडेर ६ जना थुनुवा फरार



काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका छन्। सोमबार बिहान विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरु फरार भएका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्व खड्काका अनुसार हिरासतको पर्खाल फोडेर उयनीहरु भागेका हुन्।

भागेका थुनुवाहरुको खोजी भइरहेको उनले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने बताए। उक्त हिरासतमा ७ जना थुनुवा रहेका थिए। सवारी ज्यान मुद्दाका एक जना भने त्यही रोकिएको पाइएको छ।

फरार हुनेहरुमा हात हतियार तथा खरखजाना मुद्दाका दुई जना, शान्तिसुरक्षा मुद्दाका तीन जना र लागुऔषध मुद्दाका एक जना रहेका छन्। उक्त इलाका प्रहरी कार्यालय ढल्केबरदेखि जनकपुर जाने बाटोमा पर्दछ। इलाका प्रहरीको भवन पुरानाे छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्