बाबुले पेट्रोल खन्याएर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाइते



बाँके । बाँकेको कोहपलुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएका छोराको मृत्यु भएको छ। श्रीमती घाइते छन्। आइतबार हिजो साँझ कोहलपुर नगरपालिका २ का भानुभक्त विकले आफ्नै श्रीमती गंगा विक र २ वर्षीय नाबालक छोरा प्रिन्सलाई पेट्रोल खन्याएर आगो लगाएका थिए।

जलेर गम्भीर घाइते भएका नाबालक प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। गंगाको उपचार भइरहेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।

हिजो साँझ करिब ७ बजेको समयमा घरायसी झगडामा भानुभक्तले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको थिए। आगो लगाएर फरार भानुभक्तलाई भारततर्फ भाग्दै गरेको अवस्थामा गएराती १ बजे प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्