चीनमा ५.९ म्याग्निच्युडको भूकम्प



एजेन्सी । चीनको अरलमा सोमबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ । भूकम्प ५.९ म्याग्नेच्युडको रह्यो । युरोपेली-भूमध्यसागरीय भूकम्पीय केन्द्र (इएमएससी)ले यसबारे जानकारी दिएको हो ।

हालसम्म कुनै पनि खालको क्षतीको विवरण आएको छैन । भूकम्प अरल (चीन) को १११ किमी दक्षिण पूर्वमा आएको हो । यसबाहेक मध्य एशियामा स्थित देश किर्गिस्तानमा पनि भूकम्पको झट्का महसुस गरिएको छ, जसको तीव्रता ५.८ रह्यो ।

शनिबार इरानको खोय शहरमा पनि भूकम्प आएको थियो जसमा सातजनाको मृत्यु भयो र करिब ४४० जना घाइते भए । भूकम्पको तीव्रता ५.९ थियो । भूकम्पको झट्का आसपासका थुप्रै शहरमा पनि महसुस गरियो । भूकम्प टर्की-इरान सीमा नजिकै उत्तर पश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोय शहरमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्