सेभेन थ्री स्पोर्ट्सद्वारा नेपाल टी-२० लिगको सम्झौता रद्द



काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिगको सम्झौता रद्द गरेको छ । नेपाल टी-२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्ध गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो ।

सेभेन थ्रीका मालिक जतिन अहलुवालाले क्यानलाई मंगलबार पत्र पठाएको पुष्टी गरे । उनले राष्ट्रिय खेलकुद परिषदलाई पनि पत्र पठाएको र आफ्नो कानूनी टिमले यसबारे काम गर्ने बताए ।

नेपाल प्रहरीले गरेको अनुसन्धानमा नेपाल टी-२० लिगमा सेभेन थ्री स्पोर्ट्सकै संलग्नतामा स्पट फिक्सिङ भएको पाइएको थियो । नेपाल टी-२० लिग र सेभेन थ्री स्पोर्टससँगको सम्झौता बारेमा पोखरामा बसिरहेको क्यानको बोर्ड बैठकमा समेत छलफल हुँदै छ ।

क्यानले सेभेन थ्रीसँग अघिल्लो वर्षको फागुनमा ८ वर्षका लागि सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्