नेप्से परिसूचक आज १५ अंकले घट्यो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर २ हजार १ सय ११ दशमलब ६८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब ३६ अङ्कले ओरालो लागेर चार सय दशमलब ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने अन्य १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर २ अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ मूल्यमा खरिद बिक्री भयो । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४७ अर्ब २६ करोड ६९ लाख ३९ हजार तीन सय ३४ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड २० लाख ५४ हजार पाँच सय ८७ बराबरको कारोबार भयो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स रु १४ करोड ३७ लाख ३ हजार, गुराँस लाइफ इन्स्योरेन्स ७ करोड ६७ लाख ७२ हजार ३ सय ८८, एनआइसी एशिया बैंक ७ करोड १० लाख ८३ हजार ४ सय ३ र सूर्योज्योति लाइफ इन्स्योरन्स रु छ करोड ७१ लाख ३५ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर सात दशमलब ३७, लुम्बिनी जनरल इन्स्योरेन्स छ दशमलब २०, इस्टर्न हाइड्रोपावर पाँच दशमलब ८६, पिपल्स पावर कम्पनीका लगानीकर्ताले चार दशमलब ६३ प्रतिशतले कमाएका छन् ।

यस्तै, प्राइम लाइफ इन्स्योरेन्स पाँच दशमलब २१, मनकामना स्मार्ट लघुवित्त चार दशमलब ९७, गणपति लघुवित्त चार दशमलब ४६, सगरमाथा इन्स्योरेन्स चार दशमलब ३० र नेरुडे लघुवित्तका लगानीकर्ताले ४ दशमलब ०९ नौ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्